Rule 13
संयुक्त व्यवस्थापन प्रणाली
(१) नियम १० बमोजिम उपभोक्ता संस्थालाई पूर्ण रुपमा हस्तान्तरण गर्न नसकिने ठूला प्रकृतिका परियोजना नेपाल सरकार र उपभोक्ता संस्थाबीच सम्झौता गरी संयुक्त रुपमा संचालन गर्न सकिनेछ । (२) उपनियम (१) बमोजिम नेपाल सरकार र उपभोक्ता संस्थाबीच सम्झौता भई सेवा संचालन गर्दा सेवा शुल्क उठाउने, उपभोक्ता संस्थाले पाउने प्रतिशत तोक्ने, मर्मत सम्भार
व्यवस्थापन लगायत ऐन तथा यस नियमावली बमोजिम गर्नु पर्ने कार्यको जिम्मेवारी र दायित्व समेत किटान गर्नु पर्नेछ ।